चैत २३, २०८२, सोमबार

कपडा व्यवसायी एशोसियसन कास्कीको ३०औँ स्थापना दिवस


Advertisement Image
clock icon 2 hours, 48 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। कपडा व्यवसायी एशोसियसन कास्कीको ३०औँ स्थापना दिवस, शुभकामना आदानप्रदान तथा टेवल पात्रो विमोचन कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारीले सामुहिक भावनाले मात्रै गन्तव्यमा पुग्न सकिने भन्दै यसमा कपडा व्यवसायी एशोसिएसन अग्रणी स्थानमा रहेको बताइन् ।

व्यवसायिक एकता नै अहिलेको अपरिहार्यता भएको भन्दै भण्डारीले एशोसिएसनमार्फत समाजको विकृति विसंगतिबिरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिइन् । व्यवसायीकाे हक, हित र सुरक्षामा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले समस्यामात्र बाेकेर होइन अब समाधानमा लाग्न आवश्यक रहेको बताइन् ।

उनले निजी क्षेत्र व्यापारी मात्र होइन अर्थतन्त्रको संवाहक भएकाे भन्दै राज्यले सोही बमोजिम हेर्नुपर्नेमा जोड दिइन् ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले व्यवसायीलाई राज्यले सधैँ दोस्रो दर्जाका नागरिकको रुपमा हेरेकाेमा अब त्यस्तो नहुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला, सर्वेश्वर व्यवसायी समिति अध्यक्ष छविलाल गौतम, पूर्वअध्यक्ष जनकराज पराजुलीलगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक काेषाध्यक्ष केदार मरासिनीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चोकबहादुर गुरुङले स्वागत र महासचिव पूर्णबहादुर थापाले सञ्चालन गरेका थिए।

संस्थाका उपाध्यक्ष चोकबहादुर गुरुङ संयोजक, झम्कनाथ आचार्य राेशन, राजु सुनार, जुना नारल क्षेत्री र सुनील लुहारुका सदस्य रहेको समिति टेवल पात्रो तयार गरेको हो ।

Copyright © 2024 | All rights reserved.