0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ सामान्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा चार सय र चाँदीको ४० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
यता सोमबार प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर मंगलबार चार हजार आठ सय २० रुपैयाँ पुगेको छ।
Copyright © 2024 | All rights reserved.