0
प्रतिक्रिया
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमले आफ्ना सेवामा सुधारका काम शुरू गरेको छ ।
सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाको निर्देशनपछि डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था हटाइएको हो ।
अब प्रयोगकर्ताले आफ्नो डेटा ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन् । त्यसपछि ‘पे-एज-यू-गो’ विकल्पमार्फत इन्टरनेट चलाउने वा नयाँ डेटा प्याक खरिद गर्ने निर्णय गर्न सक्ने व्यवस्था गरिनेछ ।
नेपाल दूरसञ्चार प्राधिकरण का अनुसार उक्त प्रणाली हाल परीक्षण चरणमा रहेको छ र छिट्टै पूर्णरूपमा कार्यान्वयनमा ल्याइने तयारी भइरहेको छ ।
यससँगै ‘वान टाइम केवाइसी’, ई–सिम सेवा, गुनासो व्यवस्थापनलगायतका सेवाहरू पनि अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरिएको छ ।
मन्त्रालयले सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेर सुधारका कार्यक्रम अघि बढाइएको जनाएको छ ।
Copyright © 2024 | All rights reserved.