चैत २५, २०८२, बुधबार

किरण पण्डित राष्ट्रबैंकको डेपुटी गभर्नर नियुक्त


Advertisement Image
clock icon 11 hours, 17 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका पण्डित राष्ट्र बैंकभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै कार्यकारी निर्देशकसम्म पुगेका अनुभवी अधिकारी हुन् ।

उनलाई अर्थ मन्त्रालयको प्रस्तावमा उक्त जिम्मेवारी दिइएको हो ।

राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद मौद्रिक नीति कार्यान्वयन, वित्तीय प्रणालीको नियमन तथा बैंकिङ क्षेत्रको स्थायित्व कायम गर्न महत्वपूर्ण मानिन्छ ।

Copyright © 2024 | All rights reserved.