0
प्रतिक्रिया
महोत्तरी। महोत्तरीमा दुईटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
मृतक तथा घाइतेमध्ये कसैको नाम, थर, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्थामा छ ।
घाइतेको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू एसईई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको डीएसपी भट्टले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.