चैत २५, २०८२, बुधबार

इन्धन खपत घटाउन घरबाटै काम गर्न सरकारको आग्रह


Advertisement Image
clock icon 8 hours, 42 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । विश्वबजारमा इन्धन संकट गहिरिँदै मूल्य वृद्धि तीव्र भएपछि सरकारले इन्धन खपत घटाउन ‘वर्क फ्रम होम’ अपनाउन सर्वसाधारण र कार्यालयहरूलाई आग्रह गरेको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रतिभा रावलले इन्धन संकटका कारण खपत नियन्त्रण आवश्यक देखिएकाले घरबाटै कार्यालयका काम सञ्चालन गर्न आह्वान गरिएको जानकारी दिइन् ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने तथा सो निर्णय राजपत्रमा प्रकाशित गर्ने जनाएको छ ।

मन्त्री रावलका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका कारण नेपालमा पनि मूल्य समायोजनको दबाब छ ।

इन्धन खपत नियन्त्रणका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक संस्था वैशाख १५ बाट सञ्चालन गर्ने, थोक बिक्री नियन्त्रण तथा उच्चपदस्थ अधिकारीहरूको इन्धन कोटा कटौतीजस्ता कदम अघि बढाइएको छ ।

आवश्यक परे जोर-बिजोर प्रणाली लागू गर्न सकिने जनाउँदै सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउन पनि आग्रह गरेको छ ।

दीर्घकालीन रूपमा विद्युतीय सवारी पूर्वाधार विस्तार तथा इथानोल नीतिको तयारी भइरहेको उल्लेख गर्दै सरकारले ऊर्जा क्षेत्रमा सुधार र वैकल्पिक उपायमा जोड दिएको छ ।

Copyright © 2024 | All rights reserved.