चैत २६, २०८२, बिहीबार

आजको राशिफल


Advertisement Image
clock icon 3 hours, 2 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८२ चैत २६ गते बिहीबार, इस्वीसंवत अप्रिल ९ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। वसन्त ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ। सौरमान अनुसार आज वैशाखकृष्णपक्षको सप्तमी तिथि साँझमा ६ः३२ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ। नक्षत्रमा पूर्वाषाढा बिहानमा ६ः३७ बजेसम्म त्यसपछि उत्तरषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध २५ घटि २८ पलासम्म त्यसपछि शिव योग लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा धूम्र रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३१ घटि ३२ पला अर्थात १२ घण्टा ४० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः४७ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा १२ः१५ बजे र अस्ताउने समय भोलि बिहानमा १०ः२६ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज समय खराब रहनेछ । जनतामा बाँडिएका आश्वासन पूरा हुन कठिन हुने छ । महत्वाकांक्षा ठूलै भए पनि उपलब्धि हासिल गर्नका लागि समस्या हुनेछ । आज टाढाको यात्रामा समस्या हुनेछ । तर धार्मिक र आध्यात्मिक कार्यमा चिन्तन मनन गर्दा राम्रो हुनेछ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कार्यबाट लाभ मिल्ने देखिन्छ । उच्च पदस्थ व्यक्तित्वसँग सम्पर्क स्थापित हुँदा केही महत्वाकांक्षा बढ्न सक्नेछ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेम सम्बन्धमा नयाँ पन आउने देखिएको छ ।

वृषः आज समय शुभ रहनेछ । खेलकूदको प्रतिस्पर्धामा विजयी हुने दिन रहेको छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ हासिल हुनेछ । अध्यन, अध्यापनका क्षेत्रमा उत्साह छाउनेछ । सन्तानबाट पनि सन्तोष लिन सकिने छ । आज अधुरा रहेका कामलाई पूर्णता दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसंग चल्न सक्नेछ। आज गरिने नयाँ कामले निकै राम्रो प्रतिफल दिनेछ, जसबाट महत्वपूर्ण आर्थिक लाभ हासिल हुनेछ ।

मिथुनः आज समय शुभ छैन । आज गरिने काममा आलोचना र अपजसको सामना गर्नपर्नेछ । हतास मानसिकतालाई संयम राख्नुपर्नेछ। ज्नसरोकारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखे कै राम्रो हुनेछ । संघर्षका बाबजुत पनि आफ्नो कार्यमा लगनशिलता आवश्यक देखिन्छ । तर माता पिताको आशिर्वाद लिएर धार्मिक कार्यको थालनी गर्न सकिनेछ। दिदीबहिनीसँग भेटघाट निकै रमाइलो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।

कर्कटः आज समय महत्वपूर्ण छ । जीवन साथी वा प्रेमीको सहयोगले व्यवसायिक र पेशागत कार्य अघि बढाउन सकिनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्ने तथा उन्नतिप्रगति गर्न सकिने छ । पेशा एवं व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हात पार्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय अनुकूल देखिएको छ, जसले तपाइँको प्रतिष्ठा बढाउनेछ। आज शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ।

सिंहः आज समय खराब रहने छ । तपाइँमा ज्ञानशक्ति तथा विद्याको घमण्ड बढ्न सक्नेछ । आफन्तको विश्वास गर्नाले पश्चाताप पर्न सकिने सम्भावना छ, त्यसैले होसियारी अपनाउनु बुद्धिमानी हुनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । आज तपाईँले आफन्तसँग कारोबार नगर्दा राम्रो हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

कन्याः आज समय शुभ रहनेछ । ईज्जत तथा मान प्रतिष्ठामा विकास हुनेछ । आजको दिन मनोरञ्जन एवं खुशीयालीमा बित्नेछ । स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्न सक्नेछ । इष्टमित्रको आगमन हुने र कोसेली प्राप्त हुन सक्नेछ । पारिवारिक सौहार्दता बढ्ने समय रहेको छ । नयाँ काममा लगानीको बारेमा विचार विमर्श हुन सक्नेछ । पेशागत काममा लाभ एवं सफलता प्राप्त हुनेछ ।

तुलाः आज समय मध्यम खालको छ । आज बोलीवचनले खासै महत्व पाउनेछैन । आर्थिक क्षेत्रमा केही संघर्षको सामना गर्नुपर्नेछ । तर परोपकार एवं समाज सेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नेछ । सञ्चित धनको अपव्यय हुन सक्ने छ, ख्याल पुर्याउनुहोला । आज सकभर यात्रा नगर्दा राम्रो हुनेछ । खानपानमा निकै ध्यान दिनुहोला । आर्थिक कारोबार गर्दा पनि सतर्क हुनुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।

वृश्चिकः आज समय भरपर्दो छैन । काममा बढी हतार नगर्नुहोला। खर्च बढ्ने सम्भावना रहको छ । विषयवस्तु नबुझि अघि बढ्नाले पश्चाताप पर्न सक्नेछ, ख्याल गर्नु होला । केही संघर्ष बाबजुत आकस्मिक आयआर्जन प्राप्त हुनेछ। देश विदेशको यात्रा हुन सक्ने देखिन्छ । मान्यजनको दर्शन भेट आदिका लागि पनि दिन उपयुक्त रहेको छ । आज देवीको दर्शन काम गरेर काम शुरु गर्दा राम्रो हुनेछ।

धनुः आज समय शुभ रहने छैन । काममा अवरोधको सामना गर्नपर्ने देखिएको छ । टाढाको यात्रामा झण्झट हुन सक्ने देखिएको छ । आज आफन्तसँग मनमुटाव हुने, तनाव उत्पन्न हुने देखिन्छ । तर पुरुषार्थ बढ्ने दिन रहेको छ। राम्रो उद्यम शुरु गर्न पाइनेछ। काममा रुचि बढ्ने छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ ।

मकरः आज समय राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानूनी फैसला तपार्इँकै पक्षमा आउनेछन् । पढाइलेखाईमा मन जानेछ, जसले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित गर्न सकिनेछ। आज भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ। माया प्रेम झन् कसिलो भएर जानेछ ।

कुम्भः आज समय राम्रो छ । दैनिकी काम तथा पेशामा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुकबाट पनि केही काम लिन सकिनेछ । यात्राको योजना बन्न सक्नेछ । मान्यजनसँगको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाज सेवामा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणका लागि भगवान सूर्यदेवको आराधना गर्नु हितकर हुनेछ ।

मीनः आज समय खराब रहनेछ । यात्रा, लेनदेन र नयाँ निर्णय नगर्नुहोला । शारीरिक एवं मानसिकरुपमा सक्षम देखिए पनि विशेष मानिएको कार्य पूरा गर्न संघर्ष गर्नुपर्नेछ । तर सामान्यतया आरोग्यता र हिम्मत बढ्ने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आज यात्रा उपयुक्त छैन, यात्रामा धनमालको सुरक्षामा ध्यान दिनुहोला । आज गरिने महत्वपूर्ण काममा सतर्क हुन आवश्यक छ।

Copyright © 2024 | All rights reserved.