0
प्रतिक्रिया
मुगु । कालीकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हिमा गाउँपालिका वडा नं ६ पातखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा गाउँपालिका-७ मर्चीगाउँका एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही छन् ।
हिमा गाउँपालिका वडा नं ६ का ७१ वर्षीय कलबहादुर अधिकारी बिरामी भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो। मृतक भीमबहादुर बिरामी कमलबहादुरका छोरा हुन्।
एम्बुलेन्स जुम्लादेखि कालीकोट हुँदै नेपालगन्जतर्फ जाँदै गर्दा कालीकोटको खाडाचक्र नगरपालिका वडा नं २ मेयरखोला नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका हिमा-७ मर्चीका २० वर्षीय लोकेन्द्र शाही र बिरामी कलबहादुरको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेको थियो । बाटोमा बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
Copyright © 2024 | All rights reserved.