चैत २६, २०८२, बिहीबार

पोखरा महानगरलाई म्युनिसिपल एक्सिलेन्स अवार्ड


Advertisement Image
clock icon 1 hour, 53 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा विशेष कार्यसम्पादन गर्दै देशभरका नगरपालिकामध्ये ९५ प्रतिशत अङ्क प्राप्त गरी पोखरा महानगरपालिका सर्वोत्कृष्ट घोषित भएको छ ।

नेपाल नगरपालिका सङ्घको ३३औँ नगरपालिका सङ्घको वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिकालाई उत्कृष्ट नगरपालिका अवार्ड प्रदान गरिएको हो । 

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याले महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई काठमाडौँमा उक्त अवार्ड प्रदान गरेका हुन्।

अवार्ड ग्रहण गर्दै नगर प्रमुख आचार्यले म्युनिसिपल एक्सिलेन्स अवार्ड पोखरा र सम्पूर्ण पोखरेलीहरूका लागि निकै महत्त्वपूर्ण रहेको बताए ।

यो सफलतामा सम्पूर्ण नगरवासीहरूको निरन्तर साथ र विकासप्रतिको प्रतिबद्धता रहेको उनले उल्लेख गरे ।

उनले महानगरपालिका परिवार तथा सम्पूर्ण महानगरवासीमा हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन्।

Copyright © 2024 | All rights reserved.