चैत २९, २०८२, आइतबार

गण्डकी विश्वविद्यालयका ४४ विद्यार्थी दीक्षित


Advertisement Image
clock icon 2 hours, 46 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

अनुसन्धान र प्रविधिमा आधारित शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा प्रणाली देशका लागि अत्यावश्यक भएको बताएका छन्।

गण्डकी विश्वविद्यालयको शनिबार आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग तथा उत्पादनसँग जोडिएको शिक्षाले मात्र देशको आर्थिक विकासमा ठोस योगदान पुर्‍याउन सक्ने बताएका छन्।

उनले शिक्षा प्रणाली रोजगारी सिर्जना गर्ने उद्योग–व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिँदै उच्च शिक्षा पूरा गरेपछि ठूलो सङ्ख्यामा युवा विदेशिने प्रवृत्ति बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा ले बदलिँदो विश्व परिवेशअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले बजारमुखी, अनुसन्धानमुखी तथा कृत्रिम बौद्धिकतासँग सम्बन्धित विषयलाई पाठ्यक्रममा समेट्नुपर्नेमा जोड दिँदै विद्यार्थीमा केवल जानकारी होइन, सोच्ने, विश्लेषण गर्ने र समाधान निकाल्ने क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारी ले विश्वविद्यालयलाई अनुसन्धानमुखी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। उनले अनुसन्धान केन्द्र विस्तार, सरकारी निकायसँग सहकार्य तथा समुदायस्तरमा आधारित अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राखिएको बताएका छन्।

विश्वविद्यालय न्यासिक परिषद्का अध्यक्ष कैलाशनाथ प्याकुरेल ले अब विश्वविद्यालय भौतिक संरचना निर्माणबाट अघि बढ्दै गुणस्तरीय शिक्षा र संस्थागत सुदृढीकरणतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

समारोहमा स्नातक तहमा सबैभन्दा उच्च सीजीपीए प्राप्त गर्ने गौरव भण्डारीले कुलपति पदक प्राप्त गरेका छन्। त्यस्तै गौरव भण्डारी, मलिनकुमार रोका र क्याटरिना बस्नेतले उपकुलपति पदक प्राप्त गरेका छन्।

दीक्षान्त समारोहमा खेलकुद व्यवस्थापनतर्फ ११ जना, सूचना प्रविधितर्फ १८ र औषधि विज्ञानतर्फ १५ गरी कुल ४४ विद्यार्थी दीक्षित भएका छन्।

Copyright © 2024 | All rights reserved.