0
प्रतिक्रिया
पोखरा। उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देशसहित नेपाली कांग्रेसले देशव्यापी गर्न लागेको जरा अभियान कास्कीमा आइतबारदेखि प्रारम्भ गरिएको छ ।
कास्की कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूको उपस्थितिमा बैठक गरी आवश्यक तयारीसहित अभियान प्रारम्भ गरिएको छ ।
कास्कीमा केन्द्रीय प्रतिनिधिका रुपमा पार्टीका केन्द्रीय सदस्य रेशम बाँनिया र महासमिति सदस्य विष्णु पौडेल आएका छन्।
अभियान कास्कीका ७२ ओटै इकाइसम्म पुग्नेछ।
अभियानका क्रममा पार्टीको क्रियाशील सदस्यता अद्यावधिकसँगै वितरण, जनसम्पर्क र जेन्जी युवाहरूसँगको संवाद अघि बढाइने छ ।
पार्टी सदृढीकरणका लागि अभियान महत्वपूर्ण हुने अपेक्षा गरिएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।
अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि रेशमबहादुर बाँनियाले अभियानसँगै पार्टीले नयाँ गति लिने र महाधिवेशनको वातावरण निर्माण हुने उल्लेख गरे।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय प्रतिनिधि महासमिति सदस्य विष्णु पौडेलले अभियानको सान्दर्भिकताबारे बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.