0
प्रतिक्रिया
झापा । झापामा बसको ठक्करबाट साइकयात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ४ घरघरेका ६० वर्षीय सोमबहादुर विक छन् ।
पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए ।
दुर्घटनामा परेको बस र बस चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं ७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.