पुस ०२, २०८१, मंगलबार

पाेखरा-७ स्थित डिज्नील्याण्ड एकेडेमीको १८औँ वार्षिकोत्सव


Advertisement Image
clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मासबारस्थित डिज्नील्याण्ड एकेडेमीको १८औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राखिएको थियो ।

साथै कक्षा नर्सरीदेखि ८ सम्मका विद्यार्थीले विभिन्न लोक तथा बाल गीतमा कलात्मक नृत्य प्रदर्शन गरेका थिए । वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले आफूले विद्यालयमा पढ्दा हरेक पढाईलाई गीतमा ढालेर पढ्ने गरेको र ती गीत अझै पनि ताजा भएको सुनाए । 

कार्यक्रममा डिज्नी रत्न सम्मान, असल अभिभावक, भजन मण्डली, विभिन्न लय, भाका, झ्याउरेलगायतका विधामा उत्कृष्ट प्रस्तुति गर्ने सबैलाई सम्मान गरिएको थियो । 

यसअघि कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले समय र परिवेशसँगै शिक्षा नीति तथा कार्यक्रम पनि परिवर्तन हुँदै गएको आजको परिवेशमा शिक्षकले शिक्षण गर्ने तरिका बदल्नुपर्नेमा जोड दिए ।

आजका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउन सक्षम हुने शिक्षा प्रदान गर्न आवश्यक रहेको आचार्यले स्पष्ट पारे ।

सामुदायिक र निजी विद्यालयमा शिक्षक योग्यता उस्तैउस्तै, शिक्षण क्रियाकलाप उस्तैउस्तै भए पनि निजी विद्यालयले आफ्नो शैक्षिक स्तर बढाउन सकेको भन्दै भन्दै उनले सामुदायिक विद्यालयले पनि यसतर्फ ध्यान दिनुपर्ने बताए । 

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर पराजुलीको अध्यक्षतामा भएको थियो ।

Copyright © 2024 | All rights reserved.