जेठ १८, २०८३, सोमबार

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा गयो भूकम्प


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ रेक्टल स्केलको भूकम्प गएको हो।

भूकम्प संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु भएर गएको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो।

भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको दुवै जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन्।

बिहानको समयमा भूकम्प गएकाले स्थानीय बासिन्दा केही बेर त्रसित बनेका थिए।

Copyright © 2024 | All rights reserved.