पुस ०२, २०८१, मंगलबार

बिरौटामा चार युवाकाे लगानीमा स्केट पार्क र प्लेजोन सञ्चालन


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा स्केट पार्क र प्लेजोन सञ्चालनमा आएको छ ।

उक्त पार्कको समाजसेवी एवं ज्येष्ठ नागरिक ८२ बर्षीय नन्दप्रसाद आचार्य र पोखरा अटोवेज प्रालिका अध्यक्ष एवं मणिपाल अस्पतालका सञ्चालक नारायणप्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा संघीय सांसद राजु थापा, गण्डकी प्रदेश सांसद प्रकाश बराल, समाजसेवी श्रीबहादुर रानाभाट, रानाभाट/भाट समाज नेपाल कास्कीका अध्यक्ष सूर्यबहादुर रानाभाटलगायतले युवा पलायन बढिरहेको अवस्थामा देश मै केही गर्छु भन्ने युवालाई राज्यले व्यवसायिक वातावरण बनाइदिनुपर्नेमा जोड दिएका थिए ।

साथै उनीहरुले व्यवसाय सञ्चालनका क्रममा धेरै चुनौती आउने भएकाले हरेस नखाई निरन्तर चुनौतीको सामना गर्दै अघि बढ्न सुझाव दिए ।

उक्त पार्क चार युवाको संयुक्त लगानीमा सञ्चालन भएको हो । एघार वर्ष कोरियामा बसेर फर्किएका घैलेन्द्र केसी, मिलन कार्की, सुनिल पौडेल र सर्वोदय ढकाल यसका सञ्चालक हुन् ।

पोखरा १७ को वडा कार्यालय नजिकै पार्क सञ्चालन गरिएको हो । स्केट पार्क तथा प्ले जोनमा स्केटिङ, स्लाइडिङ इन बल, ट्राम पोलिङ, क्लाइम्बिङ, बुल राइड र जम्पिङ खेल राखिएको छ ।

 

Copyright © 2024 | All rights reserved.