0
प्रतिक्रिया
आजको पञ्चाङ्ग
मिति २०८१ मंसिर २२ गते शनिबार, इस्वीसंवत डिसेम्बर ७ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको षष्ठी तिथि बिहानमा ९ः२८ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा धनिष्ठा दिनमा ३ः५७ बजेसम्म त्यसपछि शतभिषा लाग्नेछ । विष्कुम्भादि योगमा व्याघात ४ घटि ५८ पलासम्म त्यसपछि वरियान योग रहनेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा प्रवर्द्ध रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान २६ घटि ० पला अर्थात १० घण्टा २७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४३ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः३४ बजे र अस्ताउने समय रातिमा १०ः५७ बजे रहेको छ । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस रहेको छ ।
आजको राशिफल
मेष : आज समय शुभ रहनेछ । सहयोगीको साथ जुट्नेछ भने कामका बाधा पनि हट्नेछन् । मिहिनेतीका लागि धेरै कुरा आर्जन गर्ने समय छ । शुभचिन्तकले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । पुराना समस्याको समाधान हुनेछ । भौतिक वस्तु तथा साधन-स्रोत जुटाउन सफल भइनेछ ।
वृष : आज समय मध्यम खालको छ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । पहिलेको कमजोर नतिजाले जोश–जाँगरमा कमी ल्याउन सक्छ । अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ ।
मिथुन : आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ ।
कर्कट : आज समय भरपर्दो छैन । परिस्थितिवश काममा व्यवधान हुनेछ । पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्नेछ । यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला । सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन सकिनेछैन ।
सिंह : आज समय शुभ छ । स्वास्थ्य ठीकठाक रहनेछ । समय लागे पनि सम्मानित काम गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
कन्या : आज समय शुभ छैन, स्वास्थ्य भरपर्दो रहनेछ । विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ । मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ ।
तुला : आज समय खराब छ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।
वृश्चिक : आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ ।, टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ ।
धनु : आज समय तथा स्वास्थ्य अनुकुल छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला ।
मकर : आज स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।
कुम्भ : आज समय खराब छ । स्वास्थ्यको हिसावले खराब रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ ।
मीन : आज समय शुभ छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् ।
Copyright © 2024 | All rights reserved.