0
प्रतिक्रिया
पोखरा । पोखरामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलको समीकरण पूरा भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा सञ्चालन भइरहेको खेलमा सेमिफाइनल समीकरण पूरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए ।
पहिलो क्वाटरफाइनल खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट) लाई ६५-५३ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गर्यो।
यस्तै दोस्रो खेलमा पर्वतको जलजला गाउँपालिकाले मोदी गाउँपालिकालाई ६४-५८ ले पराजित गर्यो ।
तेस्रो खेलमा पोखरा महानगरपालिकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६७-५७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
क्वाटरफाइनलको अन्तिम खेलमा बेनी नगरपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ६७-५१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो ।
प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ पहिलो सेमिफाइनलमा पोखरा महानगरपालिका र बेनी नगरपालिकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा रघुगंगा गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै भोलिदेखि महिलातर्फको समेत खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
महिलातर्फको पहिलो खेल ललितपुर र ग्राण्डबीच तथा दोस्रो खेल अन्नपूर्ण र मर्दीखोलाबीच हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख १५ हजार एक सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् ।
विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई जनही नगद एक हजार पाँच सय र अनुशासित टिमलाई नगद पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई जनही एक हजार पाँच सय नगद पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।
Copyright © 2024 | All rights reserved.