0
प्रतिक्रिया
पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) गण्डकी पोखराको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफले गोर्खा फुटवल क्लबलाई १-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
एपीएफका सुजन तामाङले खेलको ७१औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । खेलमा एपीएफका गोलरक्षक अजितकुमार विक म्यान अफ दि म्याच बने ।
उपाधिका लागि एपीएफले र कास्की-११ सँग शनिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा कुल आठ टिमको सहभागिता थियो ।
प्रतियोगिता विजेताले चार लाख २५ हजार पाँच सय २५ रुपैयाँ, उपविजेताले दुई लाख २५ हजार पाँच सय २५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, उत्कृष्ट खेलाडीले २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, डिफेण्डर, गोलरक्षक र प्रशिक्षकले जनही १५ हजार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताबाट फुटबल प्रतिभा मात्र नभएर खेलकुदमा सहकार्य, अनुशासन र नेतृत्व कौशलको विकास गर्ने तथा स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय स्तरमा चिनाउन मद्धत पुग्ने बताइन्छ ।
प्रतियोगिता सम्पन्न गर्न ५० लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
Copyright © 2024 | All rights reserved.