पुस ०२, २०८१, मंगलबार

२५औँ आदर्श कपको उपाधि एन्फा कास्कीलाई


Advertisement Image
clock icon 2 days, 17 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको लेखनाथमा आयोजित २५औँ आदर्श कप फुटबल प्रतियोगिताको उपाधि एन्फा कास्कीले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) गण्डकीलाई २-१ को गोलले पराजित गर्दै एन्फा कास्कीले उपाधि जितेको हो ।

खेलको ४६औँ मिनेटमा एपीएफका प्रविन स्याङ्तानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ८१औँ मिनेटमा एन्फा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए । त्यसको ६ मिनेटमै कास्कीका संगम ठकुरीले दास्रो गोल थप्दै टोलीलाई उपाधि दिलाउन सफल भए ।

एन्फा कास्कीले चार लाख २५ हजार पाँच सय २५ रुपैयाँ र एपीएफले दुई लाख २५ हजार पाँच सय २५ रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

प्रतियोगितामा उत्कृष्ट मिडफल्डरमा कास्कीका अंकित गुरुङ, सर्वाधिक गोलकर्तामा सशस्त्रका प्रविन साङतान, उत्कृष्ट डिफेन्डरमा सशस्त्र कै सन्तोष श्रेष्ठ, उत्कृष्ट गोलरक्षकमा कास्कीका आयुस गुरुङ, उत्कृष्ट कोचमा कास्कीका योगेन्द्र थकाली र उत्कृष्ट खेलाडीमा कास्की कै अनिश तामाङ पुरस्कृत भए् । प्रतियोगितामा गण्डकी प्रदेशबाट आठ टिमको सहभागिता थियो ।

विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दै संघीय सासंद मनबहादुर गुरुङले खेललाई व्यवसायिक र प्रस्तावित लेखनाथ रंगशालालाई पोखराको वैकल्पिक रंगशालाको रुपमा विकास विकास गराउन पहल गर्ने बताए ।

Copyright © 2024 | All rights reserved.