0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।
सोमबार एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेसँगै एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरा क्षेत्रमा भने सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको चाँदीको मूल्य आज पनि स्थिर नै रहेको छ ।
चाँदी प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज पाेखरामा चाँदी एक हजार आठ सय ७० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
Copyright © 2024 | All rights reserved.