0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पोखरा क्षेत्रमा आज एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरा क्षेत्रमा चाँदी एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.