बैशाख ०४, २०८२, बिहीबार

लेखनाथ महाेत्सवमा विद्यालय स्तरीय चित्रकला, मनिका शाही प्रथम


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बीसौँ लेखनाथ महोत्सवअन्तर्गत बिहीबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा डायमन्ड माविकी मनिका शाही प्रथम, रिलायन्स पब्लिक स्कुलकी मनिषा गुरुङ द्वितीय, सिर्जना बहिरा माविका सनम गुरुङ तृतीय र विश्वशान्ति माविका सुर्जल गुरुङ सान्त्वना भएका छन ।

विजयी विद्यार्थीले सात हजार, पाँच हजार, चार हजार र तीन हजार रुपैयाँ नगद पुरस्का प्राप्त गर्नेछन् ।

पुरस्कार वितरण महोत्सवको मञ्चबाट प्रदान हुने कार्यक्रम संयोजक एलपी ढुंगानाले जानकारी दिए ।

प्रतियोगितामा १२ विद्यालयका २७ विद्यार्थीको सहभागिता थियो । प्रतियोगीलाई पोखराको कृषि र पर्यटनसँग सम्बन्धित चित्र कोर्न भनिएको थियो ।

निर्णायकको भूमिकामा सृजनशील कलाकार समूहका अध्यक्ष डीबी गुरुङ, मीलन शेरचन र झविन्द्र गुरुङ थिए ।

प्रतियोगितामा विद्यार्थीले कोरेका चित्रलाई महोत्सवमा प्रदर्शनी एवं बिक्रीका लागिसमेत राखिने छ । यसबाट विद्यार्थीले अतिरिक्त आयआर्जन समेत गर्न सक्ने संयोजक ढुंगानाले बताए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले पोखरा आँफैमा प्रकृतिको सुन्दर सृजना भएको बताए ।

चित्रकलाले विद्यार्थीमा पनि सृजनात्मक क्षमताको विकास गराउने उनले स्पष्ट पारे ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले चित्रकला सँगसँगै महोत्सवमा विद्यार्थी लक्षित शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी र नृत्य प्रस्तुति रहेको बताए ।

कार्यक्रम संयोजक ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सङ्घकी महासचिव जानुका पराजुलीले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

महोत्सवमा विद्यार्थी लक्षित शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगितालगायतका कार्यक्रम पनि हुनेछन् ।

विद्यार्थीलाई महोत्सव अवलोकनका लागि विद्यार्थी परिचयपत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस १८ देखि माघ १ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको तयारी तीव्र मनाइएको र अन्तिम चरणमा पुगेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.