0
प्रतिक्रिया
पोखरा । पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुई विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १२ देखि पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीका अनुसार माघ १२ देखि प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ छ-छ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको तयारी तीव्र बनाइएको बताइन्छ ।
पुरुषतर्फ विदेशी टोली श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागी हुनेछन् ।
यस्तै महिलातर्फ विदेशी क्लब युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डसहित नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी हुनेछन् ।
गत वर्ष भएको चौथो टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब र महिलातर्फ एपीएल क्लबले जितेको थियो ।
यस वर्षको प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले दुई लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । तृतीय हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने बताइन्छ ।
Copyright © 2024 | All rights reserved.