बैशाख ०४, २०८२, बिहीबार

निगमले बढायाे पेट्रोलियम पदार्थकाे मूल्य


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले बिहीबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ तोकिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसाले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

Copyright © 2024 | All rights reserved.