बैशाख ०४, २०८२, बिहीबार

महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । भारतमा जारी महाकुम्भ मेलाका क्रममा गएराति करिब १ः३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते छन् ।

स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्याइएको छ । यद्यपि, प्रशासनले मृत्यु वा घाइतेको संख्याको बारेमा औपचारिक जानकारी नदिएको दैनिक भास्करको समाचारमा उल्लेख छ ।

भागदौड पछि प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ । संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले बताए ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा मुख्यमन्त्री आदित्यनाथ योगीसँग घटनाको बारेमा जानकारी लिएका छन् ।

होहल्लाका कारण एकाएक भागदौड मच्चिएको थियो । केही महिला भुइँमा लडे र मानिस तिनीहरूलाई कुल्चीमिल्ची गर्दै डौडिएका थिए ।

समाचार अनुसार घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम किनारमा पुगेका थिए । यसैमार्फत घाइते र मृतकलाई अस्पताल लगिएको थियो ।

घटनापछि एनएसजी कमाण्डोले संगम किनारमा जिम्मेवारी लिएका छन् । संगम नाका क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ ।

भीड बढ्न नदिन प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लामा भक्तजनको प्रवेशमा प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ ।

Copyright © 2024 | All rights reserved.