0
प्रतिक्रिया
पोखरा । रूपा वाङ्मय प्रतिष्ठानको अध्यक्षमा गीतकार आदर्श पोखरेल निर्वाचित भएका छन् ।
रुपा गाउँपालिकामा साहित्य, कला तथा संस्कृतिको संबर्द्धन र प्रवर्द्धनका लागि स्थापित प्रतिष्ठानको प्रथम अधिवेशनले पोखरेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्ष चित्रकार जीतबहादुर थापा, सचिवमा साहित्यकार मदन घिमिरे, सहसचिवमा सुजन गौतम र कोषाध्यक्षमा बिना ढुङ्गाना छन् ।
यसैगरी कार्यसमिति सदस्यमा पार्थराज सुवेदी, विवेक अधिकारी, महेश्वर घिमिरे, माधव सुवेदी, सर्मिला बसौला र विश्वाव विक छन् ।
तीर्थराज लामिछाने संयोजक, हरिबहादुर लामिछाने र मोहम्मद मोहसिन मिया सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै रूपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले प्रतिष्ठानले समग्र रूपाको सामाजिक, सांस्कृतिक र साहित्यिक विकासमा सहयोग हुनेगरी काम गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै रूपा-३ का वडाध्यक्ष दीपेन्द्र गौतम र रुपा-७ का वडाध्यक्ष कृष्ण सुवेदीले प्रतिष्ठानको समग्र विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरा महानगरपालिका वडा नं २६ जनप्रतिनिधि एवं पोखरा दर्पणका अध्यक्ष सुदीपराज ढुङ्गानाले साहित्य, कला तथा संस्कृतिको सम्वर्द्धका साथै प्रतिष्ठाको प्रचारप्रसारमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा युवा वैज्ञानिक निरञ्जन कोइराला, चन्द्रमणि पौडेल, नवराज बराल, बिमलबाबु न्यौपानेलगायतले बोलेका थिए ।
प्रतिष्ठानका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मदन घिमिरेले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.