0
प्रतिक्रिया
पोखरा । चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । आजको उद्घाटन खेल आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब बीच हुनेछ ।
आयोजक सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार प्रतियोगितामा १२ टिम सहभागी हुँदैछन् । यस वर्ष मनाङ मर्स्र्याङ्दी भने नखेल्ने भएको छ ।
प्रतियोगितामा भारत, यूके, उज्वेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘ए’ तर्फ सहारासहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् ।
तीमध्ये यूके र आर्मीले सिधै क्वाटरफाइनल खेल्नेछन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रीस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् ।
यस्तै थ्रीस्टार र उजेकिस्तानले पनि सिधैँ क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।
प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने आयोजक सहारा क्लबको अनुमान छ ।
यसवर्ष प्रतियोगिता विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.