बैशाख ०४, २०८२, बिहीबार

सुनको भाउ आज ह्वात्तै बढ्याे


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा चार दिनसम्म स्थिर रहेको सुनको भाउ आज ह्वात्तै बढेको छ । आज मंगलबार एकै दिन सुनको तोलामा एक हजार नौ सय रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ एक लाख ६४ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ एक लाख ६२ हजार आठ सय रुपैयाँ रहेको थियो ।

यता आज असली चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ सोमबार एक हजार आठ सय ९५ रुपैयाँ रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.