0
प्रतिक्रिया
पोखरा । कास्की जिल्ला टी-२० क्रिकेट लिगमा मंगलबार कास्की क्रिकेट क्लब र सांग्रिला क्रिकेट क्लब विजयी भएको छ ।
कास्कीले अरण्यज्योति क्रिकेट क्लबलाई सात तथा सांग्रिलाले पोखरा क्रिकेट क्लबलाई दुई विकेटले पराजित भएको हो ।
मंगलबारको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको अरण्यज्योतिले एक सय ६४ रनको योगफल तयार पारेको थियो ।
अरण्यज्योतिका प्रविन पौडेलले अवीजित शतकीय पारी खेले । उनले एक सय पाँच रनको योगदान दिए । यस्तै प्रिजन श्रेष्ठ २४ रन बनाएका थिए ।
एक सय ६४ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको कास्कीले तीन विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो ।
जसमा अर्जुन कुमालले ९४ रन नटआउट खेले । यस्तै सफल श्रेष्ठले २४, विष्णुप्रसाद शर्मा १६ रन बनाए भने विश्वास पराजुली १२ रनमा नटआउट रहे ।
अर्को खेलमा टस जितेर व्याटिङ गरेको पोखरा एक सय ४४ रनको योगफल तयार पार्न सफल भयो ।
जसमा रोशन पौडेलले २८, ईशान श्रेष्ठले १४, सुवास भण्डारीले ६२ रन बनाए । जवाफी व्यटिङमा उत्रिएको सांग्रिलाले आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
Copyright © 2024 | All rights reserved.