0
प्रतिक्रिया
पोखरा । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष स्याङ्जाका अर्जुन काफ्ले निर्वाचित भएका छन् ।
पोखरामा आज सम्पन्न तेस्रो अधिवेशनले काफ्लेलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना निर्वाचित भएको निर्वाचन समितिका सदस्य विभु भुसालले जानकारी दिए ।
यस्तै, महासचिवमा गुणबहादुर रोका, सचिवमा सानेबहादुर नेपाली, दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल छन् ।
कार्यसमिति सदस्यमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवी दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे छन् ।
Copyright © 2024 | All rights reserved.