0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार छ सयले बढेर एक लाख ६८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
छापावाला सुन बुधबार प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार नौ सय ८० तोकिएको महासङ्घले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार नौ सय ७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो ।
Copyright © 2024 | All rights reserved.