0
प्रतिक्रिया
पोखरा । चर्च व्वाइज युनाइटेडले चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । आज भएको प्रिक्वाटरफाइनलमा एनआरटीलाई सडन डेथमा परजित गर्दै चर्चव्वाइज क्वाटरफाइनल प्रवेश गरेको हो ।
निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले एक एक गोलको बराबरी खेलेका थिए । त्यसपछि खेलको निर्णयका लागि टाइब्रेकर भएको थियो । त्यसमा पनि दुवै टिमले पाँछ पाँच गोलको बराबरी खेलेपछि सडन डेथमा चर्च व्वाइज विजयी भएको हो ।
खेलको २५औँ मिनेटमा विदेशी खेलाडी रिचर्ड विल्सले गोल गर्दै एनआारटीलाई अग्रता दिलाए । तर ६३औँ मिनेटमा चर्च व्वाइजका नवीन लामाले पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरेकाा थिए ।
यसअघि आआफ्ना खेल जित्दै नेपाल पुलिस क्लब र मच्छिन्द्र एफसी क्वाटरफाइनल प्रवेश गरिसकेक छन् ।
प्रतियोगिताअन्तर्गत शुक्रबाार थण्डरबोल्ट नर्थ युनाइटेड, भारत र संकटा एफसी बीच चौथो तथा अन्तिम प्रिक्वाटरफाइनल खेल हुनेछ ।
प्रतियोगितामा १२ टिम सहभागी छन् । यसवर्ष मनाङ मर्स्याङ्दी भने सहभागी भएको छैन ।
प्रतियोगितामा भारत, यूके, उज्वेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ तर्फ सहारासहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् ।
तीमध्ये यूके र आर्मीले सिधै क्वाटरफाइनल खेल्नेछन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रीस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । थ्रीस्टार र उजेकिस्तानले पनि सिधैँ क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।
प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने आयोजक सहारा क्लबको अनुमान छ ।
यसवर्ष प्रतियोगिता विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.