बैशाख ०४, २०८२, बिहीबार

२०८१ माघ २५ गते शुक्रबार तपाईंको राशिफल कस्तो होला ?


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

आजको पञ्चाङ्ग

मिति २०८१ माघ २५ गते शुक्रबार, इस्वीसंवत फेब्रुअरी ७ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको दशमी तिथि रातिमा १०ः५५ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा रोहिणी रातिमा ८ः२३ मिनेटसम्म त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ऐन्द्र २८ घटि २६ पलासम्म त्यसपछि वैधृति लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २७ घटि २७ पला अर्थात ११ घण्टा ०२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४९ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः४८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा १२ः३७ बजे र अस्ताउने समय राति २ः१५ बजे रहेको छ ।

आजको राशिफल :

मेष : आज समय अत्यन्तै खराब छ । विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीबाट सजग रहनुहोला। आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहनेछ ।

वृष : आज समय शुभ रहनेछ । विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ ।

मिथुन : आज समय खराब रहनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्‍याउनुपर्ने स्थिति आउन सक्छ । तनावमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्नेछ ।

कर्कट : आज समय राम्रो छ । समयले राम्रै अवसर दिलाउनेछ । चुनौती स्वतः हट्नेछन् भने अवसर र सफलताले पच्छ्याउनेछन् । टाढिएका शुभचिन्तक नजिकिनाले प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ ।

सिंह : आज समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कन्या : आज समय मध्यम खालको छ । वचन पुर्‍याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगी टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ ।

तुला : आज स्वास्थ्य राम्रो छैन । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन् ।

वृश्चिक : आज परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा दौडधूप गर्नुपर्ला । फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ ।

धनु : आज समय राम्रै रहनेछ । नोकरीमा प्रतिस्पर्धीलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णय तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । घर परिवार तथा आफन्त खुशी हुनेछन् ।

मकर : आज स्वास्थ्य राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानुनी फैसला तपाईकै पक्षमा आउनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ ।

कुम्भ : आज समय खराब नै रहनेछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्य तपाईदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ ।

मीन : आज समय खराब रहनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटा साघुरा हुनेछन् । मनोबल कमजोर हुनेछ ।

साइत : सूर्य मकर राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले आज पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)
बिहान ६ः४७ बजेदेखि ८ः१० बजेसम्म चर बेला
बिहान ८ः१० बजेदेखि ९ः३२ बजेसम्म लाभ बेला
बिहान ९ः३२ बजेदेखि १०ः५५ बजेसम्म अमृत बेला
बिहान १०ः५५ बजेदेखि १२ः१७ बजेसम्म काल बेला
दिनमा १२ः१७ बजेदेखि १ः४० बजेसम्म शुभ बेला
दिनमा १ः४० बजेदेखि ३ः०३ बजेसम्म रोग बेला
दिनमा ३ः०३ बजेदेखि ४ः२५ बजेसम्म उद्धेग बेला
दिनमा ४ः२५ बजेदेखि ५ः४८ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४८ बजेदेखि ७ः२५ बजेसम्म लाभ बेला
साँझ ७ः२५ बजेदेखि ९ः०३ बजेसम्म अमृत बेला

राति ९ः०३ बजेदेखि १०ः४० बजेसम्म काल बेला
राति १०ः४० बजेदेखि १२ः१७ बजेसम्म शुभ बेला
राति १२ः१७ बजेदेखि १ः५४ बजेसम्म रोग बेला
राति १ः५४ बजेदेखि ३ः३२ बजेसम्म उद्धेग बेला
रातिमा ३ः३२ बजेदेखि ०५ः०९ बजेसम्म चर बेला
रातिमा ०५ः०९ बजेदेखि ६ः४६ बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.