बैशाख ०४, २०८२, बिहीबार

चर्च ब्वाइज युनाइटेड क्लब चौविसौँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटरफाइनल खेलमा बलियो प्रतिद्वन्दी त्रिभुवन आर्मीबिरुद्ध चर्च ब्वाइज १-० गोलको संघर्षपूर्ण जित निकालेको हो ।

चर्च ब्वाइजलाई जिताउन राज भुषालले महत्वपूर्ण योगदान दिए । भुषालले खेलकाे ८९ औँ मिनेटमा गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए ।

नवीन लामाले गरेको् कर्नर प्रहारमा उनले हेडमार्फत गोल गरेका हुन् । चर्चब्वाइजले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

मंगलबार भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने आयोजक सहारा क्लबको अनुमान छ ।

यसवर्ष प्रतियोगिता विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।

तस्बिर : सुदर्शन रञ्जित

Copyright © 2024 | All rights reserved.