बैशाख ०४, २०८२, बिहीबार

चौविसौँ आहा रारा पोखरा गोल्डकप: नेपाल पुलिस क्लब फाइनलमा प्रवेश


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल पुलिस क्लब चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १-० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिस २०७६ साल यता पहिलो पटक आहा रारा गाेल्डकपकाे फाइनलमा पुगेको हो । पुलिसले अब उपाधिका लागि थ्री स्टार र ब्ल्याक बुल्स एफसीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

पुलिसलाई फाइनलमा पुर्‍याउन सञ्जिव लामाले महत्वपूर्ण योगदान दिए । उनले खेलको ५८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चर्च ब्वाइजका राज भुषालले क्लियर गरेका बल लामाले इन्टरसेप गर्दै करिब २५ यार्डबाट भलि प्रहारमा गर्दा सिधै गोल भएको थियो ।

बिहीबार दोस्रो सेमिफाइनल खेल थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच हुनेछ ।

यस वर्ष प्रतियोगिताको विजेताले नगद १२ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले छ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

साथै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।

Copyright © 2024 | All rights reserved.