0
प्रतिक्रिया
आजको पञ्चाङ्ग
मिति २०८१ फागुन १ गते बिहीबार, इस्वीसंवत फेब्रुअरी १३ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको प्रतिपदा तिथि साँझमा ७ः५२ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ । नक्षत्रमा मघा रातिमा ८ः५७ मिनेटसम्म त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शोभन २ घटि ३२ पलासम्म त्यसपछि अतिगण्ड लाग्नेछ । करणमा बालब रहनेछ ।
आनन्दादि योगमा मुशल रहनेछ । सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २७ घटि ४५ पला अर्थात ११ घण्टा ११ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४५ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः५३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ६ः३९ बजे र अस्ताउने समय भोलि बिहान ७ः११ बजे रहेको छ । आज विश्व रेडियो दिवस रहेकोछ ।
आजको राशिफल
मेष : आज समय खराब रहनेछ । नचाहँदा नचाहँदा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टामा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ, सचेत रहनुहोला ।
वृष : आज समय खराब छ । पढाई लेखाईमा मन नजाँदा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनु पर्दा मनमा नरमाईलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलित व्यवहार गर्नुहोला । काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारी व्यवसायबाट मनग्ये लाभ लिन सकिने योग रहेको छ ।
मिथुन : आज समय शुभ छ । अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक काम समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउन चाहनेका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा काम गर्न सकिनेछ ।
कर्कट : आज समय निकै खराब छ । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला, समय मध्यम रहेको छ । पानीसँग सम्बन्धित व्यवसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेको छ । मन कमजोर हुने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिने छ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्त बीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।
सिंह : आज समय अत्यन्त शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा समृद्ध बनाउन सकिने छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाई लेखाईमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।
कन्या : आज समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोसिस गर्दा गर्दै नसकिने हुदा आलोचनाको शिकार हुने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अघि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।
तुला : आज समय राम्रो छ । राजनीति तथा समाज सेवामा समय दिनेले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्ये रुपैयाँ पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिने छ ।
वृश्चिक : आज समय मध्यम छ । व्यापार व्यवसायमा सन्तोषजनक फाईदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईँको काममा सहयोग हुने छैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने त्यहाँ सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धित समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।
धनु : आज समय राम्रो रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानोसानो कुरामा राय बाझिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने । श्रीमान श्रीमती बीच मनमुटाव बढ्न योग रहेको छ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउने छैन ।
मकर : आज समय भरपर्दो रहने छैन । व्यापार व्यवसायमा भने जस्तो आम्दानी नहुँने, घर परिवार तथा पति पत्नी बीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचना बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरु धेरै भेटिने छन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका काम सम्पादन गर्न सकिने छैन । मनोवल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।
कुम्भ : आज समय राम्रो छ । यात्राका क्रममा उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापारमा लगानी गरी मनग्ये आम्दानी गर्न सकिने । आर्थिकरुपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै सफलता हात पार्न सकिने छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने छ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
मीन : आज पनि समय भरपर्दो रहने छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक काम गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपार्इँ अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजमूलक कामबाट भने जस्तो नतिजा ल्याउन सकिने हुनाले तपाइँको मन प्रशन्न हुने छ ।
साइत : सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले आज पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः४३ बजेदेखि ८ः०६ बजेसम्म शुभ बेला
बिहान ८ः०६ बजेदेखि ९ः३० बजेसम्म रोग बेला
बिहान ९ः३० बजेदेखि १०ः५४ बजेसम्म उद्धेग बेला
बिहान १०ः५४ बजेदेखि १२ः१८ बजेसम्म चर बेला
दिनमा १२ः१८ बजेदेखि १ः४१ बजेसम्म लाभ बेला
दिनमा १ः४१ बजेदेखि ३ः०५ बजेसम्म अमृत बेला
दिनमा ३ः०५ बजेदेखि ४ः२९ बजेसम्म काल बेला
दिनमा ४ः२९ बजेदेखि ५ः५२ बजेसम्म शुभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः५२ बजेदेखि ७ः२९ बजेसम्म रोग बेला
साँझ ७ः२९ बजेदेखि ९ः०५ बजेसम्म उद्धेग बेला
राति ९ः०५ बजेदेखि १०ः४१ बजेसम्म चर बेला
राति १०ः४१ बजेदेखि १२ः१७ बजेसम्म लाभ बेला
राति १२ः१७ बजेदेखि १ः५३ बजेसम्म अमृत बेला
राति १ः५३ बजेदेखि ३ः३० बजेसम्म काल बेला
रातिमा ३ः३० बजेदेखि ०५ः०६ बजेसम्म शुभ बेला
रातिमा ०५ः०६ बजेदेखि ६ः४२ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.