बैशाख ०४, २०८२, बिहीबार

आज बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ । आज एकै दिन सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैया बढेको हो । बुधबार सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको थियो ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ एक लाख ६९ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ एक लाख ६७ हजार पाँच सय रुपैयाँ थियो ।

पोखरा बजारमा आज छापावाला सुनको भाउ एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यता आज असली चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको बजार भाउ एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बुधबार चाँदीको भाउ एक हजार नौ सय ३० रुपैयाँ थियो ।

पोखरा बजारमा चाँदीको भाउ एक हजार नौ सय ९५ रुपैयाँ रहेको छ ।

Copyright © 2024 | All rights reserved.