0
प्रतिक्रिया
पोखरा । उज्वेकिस्तानी क्लब ब्ल्याक बुल्स एफसी २४औँ आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेकाे छ ।
पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई ४-० गाेलले हराउँदै ब्ल्याक बुल्स एफसी फाइनलमा प्रवेश गरेकाे हाे ।
ब्ल्याक बुल्स एफसीले शनिबार बलियो प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग उपाधिका लागि भिड्नेछ ।
ब्ल्याक बुल्सलाई जिताउन कुभोनचबेक ओलिमोभले खेलको २५औं, असिलबेक ओरिफजोनोभले ५८औं, सात्तोरोभले ६३औँ र वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका साइदजमोद दाभलातजोनोभले ८७औँ मिनेटमा गोल गरे ।
यस वर्ष प्रतियोगिताको विजेताले नगद १२ लाख एक हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले छ लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
साथै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् ।
तस्बिर : सुदर्शन रञ्जित
Copyright © 2024 | All rights reserved.