असार १४, २०८२, शनिबार

ठगी आराेपमा दुई युवक पक्राउ


Advertisement Image
clock icon 4 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले फेसबुकमा नक्कली आईडी बनाएर ठगी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं ७ का १९ वर्षीय मनिष भुजेल र भुम्लु गाउँपालिका वडा नं ४ का २१ वर्षीय निशान पहारी छन् । उनीहरु काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

उनीहरुले नेहा गुरुङ नामक नक्कली फेसबुक आइडीमार्फत सम्पर्क गरी डिपेन्डेन भिषामा युके लैजाने भनि प्रलोभन देखाएर पीडितसँग छ लाख एक हजार नौ सय ५५ रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.