असार ३२, २०८३, बिहीबार

प्रतिनिधि सभामा रास्वपाको विरोध जारी


Advertisement Image
clock icon 1 year ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधि सभाको बैठकमा विरोध कायम राखेको छ ।

बैठक शुरु हुना साथ रास्वपाका सांसद गणेश पराजुलीले आफुहरुको माग भिजिट भिसाको मात्र नभएर कैयौं बर्षदेखि चल्दै आएको मानव तस्करीविरुद्ध छानबिन गर्न भएको बताउदै आफ्ना माग पुरा नभएसम्म विरोध जारी रहने बताएका थिए ।

रास्वपाका सांसदहरुले सभामुखले बैठक अगाडी बढाएपछि नाराबाजी शुरु गरेका थिए । त्यस्तै राप्रपाका सांसदहरुले भने आज पनि संसदको बैठक बहिष्कार गरेको छ ।-एभरेष्ट न्यूज एजेन्सी

Copyright © 2024 | All rights reserved.