0
प्रतिक्रिया
पोखरा । भूतपूर्व खेलाडी मञ्चद्धारा आयोजित उन्नाइसौँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले कब्जा गरेका छन् । प्रथम, द्वितीय र तृतीय पुरस्कार केन्याली धावकले जिते ।
जसमा धावक विल्सन चेरुईयोट प्रथम भए । ४२दशमलव२९५ किलोमिटरको दूरी उनले दुई घण्टा १७ मिनेट २१ सेकेण्डमा पूरा गरे । उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी द्वितीय पुरस्कार जुलियस मुरियुकीले जिते । उनी प्रथम भएका विल्सनभन्दा दुई सेकेण्डले मात्र ढिलो भए । जुलियसले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे भने तेस्रो भएका ओनेसमस गिटायुले दुई लाख रुपैयाँ पुरस्कार हात पारे । उनले दुई घण्टा १८ मिनेट ४८ सेकेण्डमा दूरी पूरा गरेका थिए । अघिल्ला संस्करणको उपाधि पनि केन्याकै धावकले जितेका थिए ।
यसैगरी नेपालका किरणसिंह बोगटीलेले दुई घण्टा ३८ मिनेट १७ सकेण्ड पूरा गर्दै सान्त्वना पुरस्कार स्वरुप ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
यता, गण्डकी प्रदेश स्तरीय म्याराथनको उपाधि नरोज भट्ट क्षेत्रीले जिते । सााथै रिखुलाल सिंजाली मगर दोस्रो र दिनेश सिंह बोगटी तेस्रो भए ।
हाफ म्याराथन पुरुषतर्फ सन्तोषविक्रम बिष्टले प्रथम, गजेन्द्र राई दोस्रो र इमानियोल किप्टारबेई तेस्रो भए । यस्तै महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, स्यारोन जनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो भइन् ।
रंगशालाबाट शुरु भएको दौड पोखरा महानगरका विभिन्न भाग परिक्रमा गरी लेकसाइडकाे हल्लनचोकमा पुगेर समापन गरिएको थियो ।
म्याराथनको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका थिए ।
Copyright © 2024 | All rights reserved.