बैशाख ०४, २०८२, बिहीबार

आहा रारा पोखरा गोल्कपको उपाधि ब्ल्याक बुल्स एफसीलाई


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । चौबिसौँ आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।

आज पोखरा रंगशाला भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो ।

ब्ल्याक बुल्सलाई उपाधि दिलाउन कप्तान जाखोनगिर अख्मादोभले खेलको ४०औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

यस्तै खेलको ५८औँ मिनेटमा असिलबेक ओरिफजोनोभले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भयो ।

यसैगरी खेलको ६६औ मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेर उपाधि सुनिश्चित गरिदिए । 

खेलको ७४औँ मिनेटमा शिशिर चौधरीले गोल गरे । उज्वल राईको फ्रिकिकमा उनले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।

उपाधि विजेता ब्ल्याक बुल्सले १२ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने नेपाल पुलिसले छ लाख एक हजार रुपैयाँप्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.