जेठ २४, २०८२, शुक्रबार

गण्डकीमा भित्रियो ‘साटो कोल’


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । टास्ने र जोड्ने काममा पर्याय बनेको अन्तर्राष्ट्रिय ब्राण्ड ‘साटो कोल’ गण्डकी प्रदेशमा पनि विक्रीवतरण शुरु भएको छ । भारतको पुनेमा उत्पादित साटो कोलको आइतबारदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा विक्री वितरण शुरु गरिएको हो ।

साटो कोललाई नेपालमा काठमाडौँको ट्राइनोक्स कम्पनीले भित्र्याएको हो । गण्डकी प्रदेशका लागि भने पोखरास्थित एबीसीएल सप्लायर्स प्रालिले साटो कोलको विक्री वितरणको जिम्मेवारी पाएको छ ।

अब एबीसीएल सप्लायर्समार्फत नै गण्डकीका ११ वटै जिल्लामा पुर्‍याउने लक्ष्य राखिएको छ । करिब तीन वर्ष अघि उत्पादन शुरु भएको साटो छोटो अवधिमै लोकप्रिय ब्राण्ड बन्न सफल भएको कम्पनीको दावी छ ।

भारतका १० राज्यमा लोकप्रिय बनिसकेको साटो कोल चीन, हङकङ, कतार, दुबई पुगिसकेको छ भने नेपालमा गत असोजमा भित्रिएको छ । नेपालमा पनि काठमाडौँ, नारायणगढ, वीरगञ्ज, हेटौँडा, जनकपुर, लाहान, विराटनगर, धरानलगायतका जिल्लामा पुगिसकेको ट्राइनोक्सका प्रेसिडेन्ट सेल्स एण्ड मार्केटिङ विवेक शर्माले जानकारी दिए ।

शर्माका अनुसार अत्याधुनिक उत्पादन एकाईहरु र उच्च स्तरीय प्रविधि प्रयोग गरी साटोले मिक्सिङ, ब्लेन्डिङ्ग र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादनहरु सुनिश्चित गरेको छ ।

अनुसन्धान र विकाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै साटोले नयाँ चिप्कने उत्पादनको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको उनले बताए । साटोले उद्योगमा नयाँ प्रविधि र ग्राहकको आवश्यकतालाई संवोधन गर्ने उद्देश्यका साथ आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउँदै लगेको शर्माले बताए ।

साटोको उत्पादन श्रृंखलामा विभिन्न प्रकारका चिप्कने सामग्री समावेश छन्, जसमा एर्किलो, एक्ट्रीम, ओसिएन, इलाइट र डिलक्स छन् । यी उत्पादनहरु विशेषगरी टिकाउ, वटारप्रुफ र सहज प्रयोगका लागि डिजाइन गरिएको र विभिन्न प्रकारका सामग्रीलाई मजबुत र दीर्घकालीन जोड गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।

क्रसलिकिङ, टेक्नोलोजी, दुई प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय र डी थ्री वाटरप्रुफ समावेश गरिएको बताइन्छ ।

कम्पनीका अनुसार क्रसलिकिङ टेक्नोलोजीले उत्पादनको मजबुती र स्थायित्वमा वृद्धि गर्ने, दुई प्रतिशत अतिरिक्त ठोस सामग्रीले धेरैधन्दा धेरै पकड र टिकाउपन प्रदान गर्ने, उच्च कभरेजले कम मात्रामा बढी क्षेत्रलाई कभर गर्ने क्षमताका साथ उत्कृष्ट काम गर्ने, छिटो सेटिङ गरी छिटो सुक्ने समयमा सुधार ल्याउने र डी थ्री प्रमाणीकरणले वाटरप्रुफ गुणस्तर सुनिश्चित गर्नेछ ।

आइएसओ प्रमाणपत्र प्राप्त गरेको साटोले गुणस्तरमा कडा नियन्त्रणका साथ उत्पादनके प्रत्येक चरणमा कच्चा पदार्थको निरीक्षणदेखि अन्तिम उत्पादनको मूल्यांकनसम्म परीक्षण गरिरहेको कम्पनीले स्पष्ट पारेको छ ।

गण्डकीका लागि आधिकारिक विक्रेता एबीसीएल सप्लायर्सका प्रवन्ध निर्देशक अवदेशकुमार सिंहले अब छिटो भन्दा छिटो सबै जिल्लामा पुर्याएर गण्डकीमा लोकप्रिय ब्राण्ड बनाउने बताए ।

साटो कोल अन्य कम्पनीको तुलनामा गुणस्तरमा उच्च र मूल्यमा सरल रहेको कम्पनीका बजार प्रतिनिधि सञ्जीव डाेटेलले बताए । साटो कोल एक, दुई, पाँच, १०, २० र ५० केजीको साइजमा बजारमा उपलव्ध रहेको उनले बताए ।

Copyright © 2024 | All rights reserved.