0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेस कास्कीको पार्टीकाे क्रियाशील सदस्यता नवीकरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको छ ।
पार्टी सभापति किशोरदत्त बरालको सभापतित्वमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कास्कीका सबै वडामा कांग्रेसको क्रियाशील सदस्यता नवीकरण कार्य जारी छ । नवीकरण पश्चात नयाँ सदस्यता विस्तार हुनेछ । पार्टीको जिल्ला समितिले सदस्यता नवीकरणका लागि सहजीकरण र अनुगमन गर्दै वडा कार्यसमितिलाई आवश्यक पर्ने सबै सहयोग गरिने प्रवक्ता सिग्देलले बताए ।
पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि यस पटक प्रत्येक सदस्यको तीन पुस्ते विवरण अनिवार्य भर्नुपर्ने भएको छ । साथै कांग्रेसले नागरिकता प्रमाणपत्रको नम्बर, मतदाता परिचयपत्र नम्बर, परिवार संख्या र मतदाता संख्या, सदस्यले पार्टी र समाजका लागि गरेको योगदान सबै भर्ने गरी फारामको व्यवस्था गरेको छ ।
बैठकले गत माघ २२ र २३ गते पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र कास्की कांग्रेसको व्यवस्थापनमा ७७ जिल्लाका सभापति र उपसभापतिका लागि गरिएको कार्यक्रम उपलब्धिमूलक भएको निष्कर्ष निकालेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
यस्तै पार्टीको एक सय दिने विशेष अभियानअन्तर्गत तयार पारिएको प्रतिवेदनलाई गहन रुपमा अध्ययन गर्ने र सुझाव कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता सिग्देलले बताए ।
Copyright © 2024 | All rights reserved.