0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा सात सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज छापावाला सुन एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुनको भाउ एक लाख ६८ हजार सात सय रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँ बढेको थियो ।
यता आज असली चाँदीको भाउ भने स्थिर रहेको छ ।
सोमबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.