बैशाख ०४, २०८२, बिहीबार

पोखरा-१४ मा वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ मा प्रथम वडाध्यक्ष कप अन्तर वडास्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।

वडा कार्यालयको आयोजना तथा खेलकुद विकास समिति पोखरा-१४ को व्यवस्थापनमा यही फागुन २२, २३ र २४ गते प्रतियोगिता हुने भएको हो ।

खेल पोखरा-१४ मनकामना टोलस्थित मनोहर पार्कमा हुने खेलकुद विकास समिति अध्यक्ष शिवशंकर जिसीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख एक हजार चार सय १४, द्वितीय हुनेले ५५ हजार १४, तृतीयले २५ हजार १४ र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार १४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट खेलाडीले सात हजार १४, उत्कृष्ट स्पाइकर, लिब्रो र लिफ्टरले पाँच हजार १४ रुपैयाँ नगद पुरस्कार पाउने समिति सचिव महेश्वर बानियाँले जानकारी दिए ।

प्रतियोगिताको तयारी तीव्र बनाइएको उनले जानकारी दिए ।

वडाध्यक्ष बोधबहादुर कार्कीले वडा तहबाटै खेलाडी उत्पादन गरी राष्ट्रका लागि योगदान दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

उनले प्रतियोगिताले वडावासीबीच भाइचारा सम्बन्ध पनि बलियो हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.