0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै छापावाला सुनको भाउ तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ आइतबार तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ थियो ।
यता आज असली चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ थियो ।
Copyright © 2024 | All rights reserved.