बैशाख ०४, २०८२, बिहीबार

पोखरा-३१ का कृषकलाई लहरे बालीको बीउ वितरण


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ को वडा कार्यालयले कृषकलाई लहरे बालीको बीउ वितरण गरेको छ ।

वडाले सोमबार एक कार्यक्रमका बीच कृषि संजालमार्फत वडाभित्रका किसानलाई लहरे तरकारी बालीको बीउ वितरण हो ।

बीउ ४८ वटा समूहमार्फत हरेक कृषकको घर-घरमा पुर्‍याइएको उनको भनाइ थियो ।

कार्यक्रम शुभारम्भ गर्दै वडाध्यक्ष ढकनाथ कंडेलले किसानको जीवन स्तर उकास्न सघाउने उद्देश्यका साथ बीउ वितरण गरिएको बताए ।

उनले यो बीउलाई सही सदुपयोग गरेर आफूलाई खाने तरकारी उत्पादन गरी बाँकी भएको तरकारी बिक्री वितरण गरी आयआर्जन गर्नसमेत आग्रह गरे ।

संजाल अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा कार्यालयका सूचना अधिकारी माधवराज तिमिल्सिनाले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.