0
प्रतिक्रिया
आजको पञ्चाङ्ग
मिति २०८१ फागुन १६ गते शुक्रबार, इस्वीसंवत फेब्रुअरी २८ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको अमावश्य तिथि बिहानमा ०६ः३२ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा शतभिषा दिनमा १ः५६ बजेसम्म त्यसपछि पूर्वाभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि ४४ घटि ४८ पलासम्म त्यसपछि साध्य लाग्नेछ । करणमा नाग रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।
सूर्य कुम्भ राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २८ घटि ४८ पला अर्थात ११ घण्टा ३४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३१ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः०२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ६ः०२ बजे र अस्ताउने समय साँझमा ५ः२४ बजे रहेको छ । आज ग्याल्पो ल्होछार रहेको छ ।
आजको राशिफल
मेषः आज समय खराब रहनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।
वृषः आज समय शुभ रहनेछ, मीन राशिको चन्द्रमाको प्रभावले विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ ।
मिथुनः आज समय शुभ छ । विवादित विषयबाट निचोड तपाइकै पक्षमा आउनेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँनयाँ काम गर्न सकिनेछ । मीन राशिको चन्द्रमाको प्रभावले तपाईंसँग मनमुटावको भावना राख्ने तथा शत्रूता राख्न चाहने आफै कमजोर हुनेछन् ।
कर्कट : आज समय शुभ छैन । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधा प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धी हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसके जस्तो हुनेछ । घर परिवार तथा साथीबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
सिंहः आज समय शुभ छैन । मीन राशिको चन्द्रमाको प्रभावले आफन्त तथा अग्रजसँग विवाद सर्जन हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दूरीको विदेश यात्रा हुनेछ ।
कन्याः आज समय राम्रो रहनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । मीन राशिको चन्द्रमाको प्रभावले आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ ।
तुलाः आज समय र स्वास्थ्य राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । मीन राशिको चन्द्रमाको प्रभावल कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।
वृश्चिकः आज समय शुभ छैन, स्वास्थ्यमा समस्या आउन सक्छ । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाबसम्बन्धी रोग एक्कासि देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । मीन राशिको चन्द्रमाको प्रभावले आज गरेको लगानीबाट नोक्सानी हुन सक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।
धनुः आज समय खराब छ । आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । मीन राशिको चन्द्रमाको प्रभावले मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । ले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।
मकरः आज समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । मीन राशिको चन्द्रमाको प्रभावले तपाईँले शुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।
कुम्भ : आज समय भरोषाको छैन । मीन राशिको चन्द्रमाको शत्रूस्थानको प्रभावले यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।
मीनः आज समय अत्यन्तै राम्रो छ । आफ्नै राशिको चन्द्रमाको प्रभावले टाढाबाट नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।
साहित (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः३२ बजेदेखि ०७ः५८ बजेसम्म चर बेला
बिहान ०७ः५८ बजेदेखि ९ः२४ बजेसम्म लाभ बेला
बिहान ९ः२४ बजेदेखि १०ः५० बजेसम्म अमृत बेला
बिहान १०ः५० बजेदेखि १२ः१६ बजेसम्म काल बेला
दिनमा १२ः१६ बजेदेखि १ः४३ बजेसम्म शुभ बेला
दिनमा १ः४३ बजेदेखि ३ः०९ बजेसम्म रोग बेला
दिनमा ३ः०९ बजेदेखि ४ः३५ बजेसम्म उद्धेग बेला
दिनमा ४ः३५ बजेदेखि ०६ः०१ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ०६ः०१ बजेदेखि ७ः३४ बजेसम्म लाभ बेला
साँझ ७ः३४ बजेदेखि ९ः०८ बजेसम्म अमृत बेला
राति ९ः०८ बजेदेखि १०ः४२ बजेसम्म काल बेला
राति १०ः४२ बजेदेखि १२ः१६ बजेसम्म शुभ बेला
राति १२ः१६ बजेदेखि १ः५० बजेसम्म रोग बेला
राति १ः५० बजेदेखि ३ः२४ बजेसम्म उद्धेग बेला
रातिमा ३ः२४ बजेदेखि ०४ः५८ बजेसम्म चर बेला
रातिमा ०४ः५८ बजेदेखि ६ः३१ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
Copyright © 2024 | All rights reserved.