जेठ २३, २०८२, बिहीबार

पोखरा-६ का महिलालाई कानूनी सचेतना कार्यक्रम


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ स्थित महिला सञ्जालले महिलाका लागि आयोजना गरेको कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय पोखरा-६ को सहयोग तथा मितेरी नारी समूहको संयोजनमा कार्यक्रम भएको छ ।

कार्यक्रममा सहभागीलाई कास्की जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता भगवती पहारीले प्रशिक्षण दिएकी थिइन् ।

प्रशिक्षक पहारीले कार्यक्रममा सहभागी करिब चार सय महिलालाई कानूनी रुपमा सशक्त बनाई कानूनी अधिकार, कानूनी सेवा, हिंसाविरुद्धका कानूनी प्रावधान, सम्पतीका अधिकार, लैंगिक समानता बारे जानकारी गराएकी थिइन् ।

साथै उनले सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढाउने बारेमा प्रशिक्षण दिएकी थिइन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै वडा सदस्य पवित्रा थापाले कानूनी सचेतना कार्यक्रमले सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता र पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने दावी गरिन् । उनले महिला चुलो र चौकामा मात्र सीमित नभई हरेक क्षेत्रमा सक्रियता बढाउन आवश्यक रहेको बताइन् ।

सञ्जाल अध्यक्ष बबीता मल्ल इटनीको अध्यक्षतमा भएको कार्यक्रममा वडासदस्य बासुदेव बरालले स्वागत, मितेरी नारी समूहकी कार्यबाहक अध्यक्ष ईन्दिरा पौडेलले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् भने सञ्चाल सञ्जाल सचिव रेणु लामिछानेले गरेकी थिइन् ।

Copyright © 2024 | All rights reserved.